नियम १२
खारेजी र बचाउ –
(१) नेपाल वन सेवा (गठन) नियम २०१६, नेपाल वन सेवा (समूह तथा श्रेणी विभाजन, नियुक्ति र बढुवा) नियमहरु, २०३३ र हात्तिसार समूह (श्रेणी विभाजन,नियुक्ति र बढुवा) नियमावली, २०४० खारेज गरिएका छन् ।(२) उपनियम (१) मा उल्लिखित नियमावली तथा नियमहरु बमोजिम भए गरेका काम कारबाहीहरु यी नियमहरु बमोजिम नै भए गरेको मानिनेछन् ।